सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई उपाध्यक्ष नियुक्त गरेको हो ।
यसअघि आयोगका सदस्य रहेका डा. श्रेष्ठ नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकसमेत हुन् । उनी गभर्नर बन्ने प्रतिस्पर्धामा रहेकाले त्यसअघि राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । तर, सरकारले पछि गभर्नर पदमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेपछि डा. श्रेष्ठ आयोगमै फर्किएका हुन् ।
सोमबारकै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा प्रा.डा. सुनिती श्रेष्ठलाई पनि नियुक्त गर्ने निर्णय गरेको छ ।