• होमपेज
  • बैंकिङ्ग
  • नबिल बैंकलाई एकै पटक भिसा इन्टरनेशनलको तीन अवार्ड

नबिल बैंकलाई एकै पटक भिसा इन्टरनेशनलको तीन अवार्ड

  • शुक्रबार, मंसिर १३, २०८२
नबिल बैंकलाई एकै पटक भिसा इन्टरनेशनलको तीन अवार्ड

नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्त्वपूर्ण विधामा अवार्ड जितेको छ । बैंकले यस वर्ष एक्सिलेन्स इन कन्जुमर डेबिट कार्डस् बिजनेस प्रिन्सिपल क्लाइन्ट एक्सिलेन्स इन कन्ट्याकलेस–इसुइङ र एक्सिलेन्स इन इ–कमर्स एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट विधामा अवार्ड जितेको हो ।

काठमाडौँस्थित मेरियट होटेलमा आयोजित एक कार्यक्रममा बैंकलाई ती अवार्ड प्रदान गरियो । विगतमा पनि उक्त विधामा नबिल बैंकको वर्चस्व रहँदै आएको छ । अवार्ड ग्रहणपछि नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईँले उक्त उपलब्धिले आफूहरूलाई थप ऊर्जा प्रदान गरेको बताए । उनले उक्त उपलब्धिको श्रेय बैंकका कार्डवाहक ग्राहक, व्यवसायी तथा कर्मचारीलाई जाने बताए ।

भिसा इन्टरनेशनल कार्र्ड प्रदायक कम्पनी हो । भिसाले नेपालमा वार्षिक रूपमा भिसा लिडरसिप कन्क्लेभ आयोजना गर्दै आएको छ । नेपालका बैंक तथा वित्तीय संस्था, फिनटेक, इ– कमर्स, व्यापार व्यवसायमा भिसा कार्डको प्रयोग हुँदै आएको छ ।

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार