एनआईसी एशिया बैंकका ग्राहकले किरोप्याट्रिक एण्ड म्यानुएल थेरापी सेन्टरबाट विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकले बालुवाटार तथा त्रिपुरेश्वर, काठमाडौं र बुटवलमा रहेको सेन्टरका शाखाहरूबाट डिजिटल माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएका हुन् ।
सुविधाको उपयोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।
उक्त थेरापी सेन्टरसँगको यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।