• होमपेज
  • अर्थ/वाणिज्य
  • आईएमई सर्वाधिक कर तिर्ने रेमिट्यान्स कम्पनीका रूपमा सम्मानित

आईएमई सर्वाधिक कर तिर्ने रेमिट्यान्स कम्पनीका रूपमा सम्मानित

  • सोमवार, मंसिर २, २०८२
आईएमई सर्वाधिक कर तिर्ने रेमिट्यान्स कम्पनीका रूपमा सम्मानित

रेमिट्यान्स तथा मनी ट्रान्स्फर कारोबार गर्ने कम्पनीमध्ये आईएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८२ का अवसरमा सोमबार काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री रामेश्वर खनालले आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवाकर पौडेललाई उक्त सम्मान प्रदान गरे । सम्मान ग्रहणपछि सीईओ पौडेलले उल्लेख्य कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान दिन पाउनु आईएमईका लागि गौरवको विषय रहेको बताए ।

साथै, विभिन्न देशमा १ सयभन्दा बढी व्यावसायिक साझेदार नेटवर्क रहेको आईएमईले रेमिट्यान्स सेवा अझ सरल, सहज र सुरक्षित बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा ब्रान्ड पहिचानलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता समेत पौडेलले व्यक्त गरे । कर दिवस समारोहमा आईएमईका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले करदाता सम्मानसँगै सुरक्षालाई पनि प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए ।

सन् २००१ मा स्थापना भएको आईएमईले नेपालको वैदेशिक मुद्रा आप्रवाहलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।

यस योगदानका आधारमा आईएमईले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिरहेको छ। यसअघि पनि पटक–पटक सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा आईएमई सम्मानित हुँदै आएको छ।

Facebook Comments

सम्बन्धित समाचार