• होमपेज
  • ब्रेक्इङ न्युज
  • ४२ प्रतिशत लाभांश बाँड्ने एनआरएन इन्फ्रान्स्ट्रक्चरको घोषणा

४२ प्रतिशत लाभांश बाँड्ने एनआरएन इन्फ्रान्स्ट्रक्चरको घोषणा

  • बिहिबार, कार्तिक २८, २०८२
४२ प्रतिशत लाभांश बाँड्ने एनआरएन इन्फ्रान्स्ट्रक्चरको घोषणा

एनआरएन इन्फ्रान्स्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ४२ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र २.१०५ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको निर्णय गरेको हो । साथै बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय पनि बैठकले गरेको छ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २८ करोड ४३ लाख ७२ हजार २८५ रुपैयाँ रहेको छ । जस अनुसार कम्पनीले कर प्रयोजनका लागि २ करोड ७० लाख ३९ हजार ४१६.५३ रुपैयाँ बराबरको नगद लाभांश र ५१ करोड ३७ लाख ४८ हजार ९१४ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ ।

साथै सोही बैठकले आगामी पुस ४ गते काठमाडौंको आम्रपाली ब्यान्क्वेटमा बिहान ९ बजे तेह्रौं वार्षिक साधारणसभा पनि डाकेको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार