• होमपेज
  • रोजगारी
  • अब भिजिट भिसामा विदेश जाँदा होटल बुकिङ आवश्यक नपर्ने

अब भिजिट भिसामा विदेश जाँदा होटल बुकिङ आवश्यक नपर्ने

  • शुक्रबार, कार्तिक १५, २०८२
अब भिजिट भिसामा विदेश जाँदा होटल बुकिङ आवश्यक नपर्ने

विदेश जानको लागि नेपालीलाई भिजिट भिसाको प्रक्रिया सहज बनाइएको छ। भिजिटको नाममा विभिन्न मापदण्डहरु बनाउँदा बिचौलिया र सेटिङ बढेको भन्दै प्रक्रिया सहज बनाइएको हो। यसअघि भिजिट भिसामा लागू गरिएको ६ बुँदै मापदण्ड परिमार्जित गरिएको छ। जसको लागि पहिले आवश्यक पर्ने कागजपत्र अब देखाउन नपर्ने भएको छ। गृह मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट आजबाट नै लागू हुने गरि मापदण्ड परिवर्तन भएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए।

अब भिजिट भिसामा विदेश जानको लागि होटल बुकिङ आवश्यक नपर्ने भएको छ। ट्राभल एजेन्सीदेखि नै नक्कली टिकटदेखि होटल बुकिङ बनाउने गरेकाले यसले सेवाग्राहीलाई थप समस्या परेकाले हटाएको उनले जानकारी दिए।

त्यस्तै, ५ सय रुपैयाँ डलर हुनुपर्ने मापदण्ड पनि हटाइएको छ। ६ महिनाको वैध राहदानी, भिसा, प्रस्थान गर्ने मुलुकसम्मको टिकट र नागरिक स्वघोषणा भए पुग्ने भएको छ।

Facebook Comments

सम्बन्धित समाचार