• होमपेज
  • प्रविधि
  • डिशहोम सातौं बाह्रखरी कथा प्रतियोगिता, २०८२ घोषणा, प्रथम पुरस्कार २ लाख रुपैयाँ

डिशहोम सातौं बाह्रखरी कथा प्रतियोगिता, २०८२ घोषणा, प्रथम पुरस्कार २ लाख रुपैयाँ

  • शुक्रबार, कार्तिक १, २०८२
डिशहोम सातौं बाह्रखरी कथा प्रतियोगिता, २०८२ घोषणा,  प्रथम पुरस्कार २ लाख रुपैयाँ

बाह्रखरी मिडियाले ‘डिशहोम सातौं बाह्रखरी कथा प्रतियोगिता, २०८२’ का लागि कथा आह्वान गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता घोषणा गरेको हो । यस वर्ष बाह्रखरी मिडियाले पुरस्कार राशिमा बृद्धि गरेको छ । प्रतियोगितामा उत्कृष्ट तीन कथालाई क्रमशः दुई लाख, एक लाख र ६० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

साथै संग्रहमा छापिने बाँकी २२ कथाकारलाई जनही सात हजार रुपैयाँ सम्मानस्वरूप दिइनेछ । बाह्रखरी मिडियाले विगत ६ वर्षदेखि कथा लेखनको सम्वर्धन र प्रवर्द्धनका लागि यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।  प्रतियोगिताले नयाँ प्रतिभाहरूलाई उजागर गर्न र नेपाली कथालेखनलाई थप प्रोत्साहन दिन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार