• होमपेज
  • ब्रेक्इङ न्युज
  • एससीटी-युनियनपे कार्ड अबदेखि सांग्रिला डेभलपमेन्ट बैंकबाट पनि जारी हुने

एससीटी-युनियनपे कार्ड अबदेखि सांग्रिला डेभलपमेन्ट बैंकबाट पनि जारी हुने

  • बिहिबार, अशोज ३०, २०८२
एससीटी-युनियनपे कार्ड अबदेखि सांग्रिला डेभलपमेन्ट बैंकबाट पनि जारी हुने

स्मार्ट च्वाईस टेक्नोलोजिज (एससीटी)ले संचालन गर्दै आएको एससीटी-युनियनपे कार्ड अब सांग्रिला डेभलपमेन्ट बैंकबाट पनि जारी हुने भएको छ। उक्त बैंकका ग्राहकले सजिलै एससीटी-युनियनपे कार्ड प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यसबाट ग्राहकलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास कम्पनीले लिएको छ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी-युनियनपे कार्ड जारी गर्दै आइरहेको छ। एससीटीले आफ्नै कार्ड स्विचिङ संरचना स्मार्ट स्विच मार्फत एससीटी-युनियनपे कार्ड र भिजा कार्ड जारी गर्दै आएको छ।

त्यस्तै कम्पनीले भिजा, रुपे, मास्टरकार्ड तथा डिस्कभर कार्ड स्वीकार गरी कार्डमार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ। विगत दुई दशकदेखि नेपालभर सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिँदै आएको एससीटी नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो।

Facebook Comments

सम्बन्धित समाचार