गत बुधबारदेखि विभिन्न माहरु राख्दै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरु निरन्तर आन्दोलन गरीरहेका छन् । हिमालयन लाइफ इन्स्योरेन्स स्वतन्त्र अभिकर्ता समितिका सदश्यहरुले आज आइतबार पनि कम्पनीको काठमाडौं स्थित मुख्य कार्यालयमा धर्ना दिएका छन् ।
उनीहरुले बिमितको लागि न्युनतम रु. ५० भन्दा माथि बोनस कायम गरिनु पर्ने, संस्थामा सुशासन कायम गरिनुपर्ने, गुटबन्दी नगरी अभिकर्ताको सर्वोपरि हित संरक्षण गरिनु पर्ने र कम्पनीमा भइरहेको अराजकता र अनुशासनहिनताको अन्त्य हुनुपर्ने जस्ता मागहरु राखेका छन् ।
अभिकर्ताहरुको समुहले हातमा निलो रिबन बाधेर आन्दोलन गरिरहेका छन् भने आफ्ना मागहरु सम्बोधन गर्न वार्तामा बोलाउनु पर्ने बताएका छन् । यसअघि गत शुक्रबार आन्दोलनरत अभिकर्ता र सञ्चालकबीचको वार्ता निष्कर्षबिहिन बनेको थियो ।