एनआईसी एशिया बैंकका ग्राहकहरुलाई आँखा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा किरण आँखा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले वीरगंजमा रहेको उक्त हस्पिटलमा आँखा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।
यस बैंकका ग्राहकहरुले उक्त हस्पिटलमा ओपिडी, डाइगनष्टिक, सर्जरी, ब्राण्डेड अप्टिकल र नन-ब्राण्डेड अप्टिकल सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ । यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।
उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरुलाई आँखा उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।