• होमपेज
  • बीमा
  • प्रभु महालक्ष्मी लाइफको ‘क्लव एचिभर्स सेरेमोनी’ पोखरामा धूमधाम

प्रभु महालक्ष्मी लाइफको ‘क्लव एचिभर्स सेरेमोनी’ पोखरामा धूमधाम

  • बिहिबार, भदौ १९, २०८२
प्रभु महालक्ष्मी लाइफको ‘क्लव एचिभर्स सेरेमोनी’ पोखरामा धूमधाम

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको क्लव एचिभर्स अवार्ड सेरेमोनी २०८१–८२ सम्पन्न भएको छ ।

देशैभरिबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा क्लव एचिभर्स अवार्ड सेरेमोनी भव्यताका साथ सम्पन्न गरेको हो । कार्यक्रम भाद्र १६ गतेबाट भाद्र १९ गतेसम्म ४ दिन पोखरामा सञ्चालन भएको हो ।

कार्यक्रममा उत्कृष्ट व्यवसाय गरी चियरम्यान क्लव, सिइयो क्लव, कर्पोेरेट क्लव हासिल गर्नु भएका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बीमा व्यवसायमा अब्बल रहि विभिन्न क्लवहरुमा सम्मानित भएका उत्कृष्ट अभिकर्ताहरुलाई कम्पनीका संचालक समिति सदस्य समशेर पराजुलीले बधाई दिए ।

सोही अवसरमा सीइओ सन्तोष प्रसाईले अभिकर्ताहरुको योगदानको उच्च कदर गर्दै आगामी दिनमा अझै उत्कृष्ट व्यवसाय गर्न उत्प्रेरणा दिए ।

कार्यक्रममा मेट्रिक्स फाइट नाइट (एमएफएन) २०२५ का विजेता रविन्द्र ढाँटलाई नगद १ लाख ११ हजार १ सय ११ सहित विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा सर्टिफाइड एनएलपी ट्रेनर एण्ड कोच मिन घलेको व्यवसायी जीवनमा व्यवहारिक बीमा बिक्रीकला सम्बन्धी उत्प्रेरणात्मक सेसन रहेको थियो । यसका साथै विभिन्न सांस्कृतिक र मनोरञ्जनात्कम कार्यक्रमले रौनकता थपिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार