महालक्ष्मी विकास बैंकले आगामी चाडपर्वहरुलाई लक्षित गर्दै बैंकको क्रेडिट कार्ड प्रयोग गरी सहज र सुरक्षित तरिकाले टुर तथा भ्रमण प्याकेज खरिद गर्न सकिने सुविधाको सुरुवात गरेको छ । चाडपर्वहरुमा नेपालीहरु विभिन्न देशहरु घुम्न जाने प्रचलनलाई मध्यनजर गर्दै बैंकले यो योजनाको सुरुवात गरेको हो ।
सो अन्तर्गत बैंकले विभिन्न प्रतिष्ठित ट्राभल एजेन्सीहरुसँग व्यवसायिक सहकार्यका लागि सम्झौता समेत गरिसकेको छ । प्रारम्भिक चरणमा पर्यटकहरुले गुरु ट्रभाल्स लि., दरबारमार्ग र रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्स, उत्तरढोका, काठमाण्डौमार्फत यो सुविधा लिन सक्नेछन् ।
सम्झौताअन्तर्गत महालक्ष्मी विकास बैंकका क्रेडिट कार्ड वाहकहरुले ट्राभल एजेन्सी मार्फत विभिन्न टुर प्याकेज खरिद गर्दा महालक्ष्मी विकास बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्नेछन् ।
साथै, आफुले खरिद गरेको टुर प्याकेजको मूल्यबराबरको रकमको भुक्तानी ६ महिना देखी १२ महिनासम्मको लचिलो अवधी रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न समेत सक्नेछन् । आफूले खरिद गरेको टुर प्याकेजको बिल पेश गरे पश्चात महालक्ष्मी विकास बैंकले सहज रुपमा नै सो कारोबारलाई मासिक किस्तामा परिवर्तन गरिदिनेछ र यसरी मासिककिस्तामा परिवर्तन गर्दा बैंकले एएमआई प्रोसेसिङ शुल्क लिने छैन ।
यस कार्यको सुरुवातसँगै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न र चाडपर्वहरुलाई थप उत्साहमय र अर्थपूर्र्ण बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।