• होमपेज
  • शेयर मार्केट
  • गंगा हेल्थ केयर इण्डष्ट्रिजले आइपीओ जारी गर्ने

गंगा हेल्थ केयर इण्डष्ट्रिजले आइपीओ जारी गर्ने

  • बिहिबार, भदौ १९, २०८२
गंगा हेल्थ केयर इण्डष्ट्रिजले आइपीओ जारी गर्ने

गंगा हेल्थ केयर इन्डष्ट्रिज लिमिटेडले आइपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। गंगा हेल्थ केयरले नेपाल धितोपत्र बोर्डद्वारा जारी ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१’ बमोजिम आइपीओ जारी गर्न लागेको जनाएको छ।

कम्पनीले आईपीओ निष्कासन गर्न धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यस सम्बन्धमा गंगा हेल्थ केयरका अध्यक्ष सुरज प्रसाद खत्री र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

कम्पनीले जारी पुँजीको ३० प्रतिशत आइपीओ निष्कासन गर्ने बताएको छ। नेपालमा गुणस्तरीय स्वास्थ्य सामाग्री उत्पादन तथा बिक्री वितरण गर्ने उद्देश्यका साथ २०५५ देखि यो कम्पनी संचालनमा छ।

कम्पनीले मानव स्वास्थ्यलाई उच्च महत्त्व दिँदै ड्रेसिङ ब्याण्डेज, एब्जर्बेन्ट कटन, एब्जर्बेन्ट गज, ब्याण्डेज थान, क्रेप ब्याण्डेज, डिस्पोजेबल मास्क तथा टेट्रा गज लगायत स्वास्थ्यसँग सम्बन्धित विभिन्न प्रकारका सर्जिकल सामग्रीहरू उत्पादन गरिरहेको छ।

कम्पनीले निकट भविष्यमा क्यानुला फिक्सेटर, इलास्टिक एडहेसिभ ब्याण्डेज, डिस्पोजेबल डायपर, डिस्पोजेबल सिरिन्ज, परीक्षणका लागि प्रयोग हुने ग्लोभ्स तथा स्टेरिलाइज्ड गज उत्पादन गर्ने दीर्घकालीन योजना बनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार