ग्लोबल आइएमई बैंकले कर्पोरेट ग्राहकहरूलाई लक्षित गरी डिजिटल प्लेटफर्म ‘बिजनेक्स’ संचालनमा ल्याएको छ। यो नयाँ प्लेटफर्मले कर्पोरेट, साना र मध्यम उद्यम (एसएमई), मिड कर्पोरेटदेखि ठूला कम्पनीसम्मलाई लक्षित गरेको छ बैंकका अनुसार कर्पोरेट ग्राहकको आवश्यकतालाई एकै स्थानबाट सहज, छिटो र सुरक्षित ढंगले पूरा गर्ने उद्देश्य ‘बिजनेक्स’ संचालनमा ल्याइएको हो। ग्लोबल आइएमई बैंकले विकास गरेको ‘बिजनेक्स’ कर्पोरेट ग्राहकका लागि इन्टरनेट बैंकिङ फिचर हो। कर्पोरेट ग्राहकले फन्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसिङ, तलब भुक्तानी, एलसी व्यवस्थापन र कर्जा लिने र ट्र्याकिङ लगायत बैंकिङ कार्यहरू अब यसै प्लेटफर्मबाट गर्न सक्नेछन्।
‘बिजनेक्स’ले कर्पोरेट ग्राहकका लागि प्रभावकारी रुपमा बैंकिङ सेवाहरू पाउन सकिने सुरक्षित प्लेटफर्मको रुपमा काम गर्ने बैंकले जनाएको छ। यो प्लेटफर्ममा बैंकिङ कारोबारका लागि कम्पनीले आफ्ना कर्मचारीहरूको तह छुट्टाएर उनीहरूको प्रोफाइल बनाउन सकिने व्यवस्था गरिएको छ। कम्पनीले कर्मचारीलाई तह तोकेर त्यही अनुसारको रकम कारोबार गर्न ‘एक्सेस’ दिन सक्नेछ।
यसबाट भुक्तानीलाई पनि सहजीकरण गर्ने प्रयास भएको छ। मिड कर्पोरेट अथवा ठुलो तथा एसएमइहरुले आफ्नो भेन्डरहरुलाई अब इन्टरनेट बैंकिङबाटै सहजै फन्ड ट्रान्सफर गर्न सक्नेछन्। ग्लोबल बैंकबाट ग्लोबल बैंककै खाता वा अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई पेमेन्ट गर्दा समेत सजिलो हुनेछ। कर्मचारीको तलब भुक्तानी गर्न पनि यो प्लेटफर्मबाट सरल हुनेछ। अब त्यसका लागि चेक प्रयोग गर्नुपर्ने छैन। ग्लोबल ग्लोबल टु ग्लोबल त भुक्त्तानीमा समस्या भएन। साथै, बैंक तथा वित्तीय संस्थाहरुलाई पेमेन्ट गर्दा समेत कुनै झन्झट हुँदैन्।कर्मचारीको तलब भुक्त्तानी देखि अन्य पेमेन्ट गर्न सकिन्छ।
सरकारी भुक्तानी पनि सहजै यही प्लेटफर्मबाट गर्न सकिनेछ। साधारण बैंकिङ एपमा पाइने फिचरहरु यही प्लेटफर्ममा प्रयोग गर्न सकिनेछ। इमेलमा र मोबाइलमा ओटीपी जान्छ। ट्रान्जक्सनको वर्क पनि एकदम सिक्युर बनाएको छ। अहिलेलाई यो प्लेटफर्म वेब एप्लिकसनमा मात्र उपलब्ध छ। पछि यसको दायरा विस्तार गर्ने बैंकले जनाएको छ। एलसी मार्फत आयात कारोबार गर्ने व्यवसायीका लागि अब एक्सचेन्ज रेट, फरवार्ड कन्ट्रयाक्ट, र भुक्तानी ट्र्याकिङ सबै विजनेक्स प्लेटफर्ममै उपलब्ध हुनेछ।
बैंकले यो प्लेटफर्मबाट कर्पोरेट ग्राहकको कर्जासँगै खाता व्यवस्थापन र अन्य सबै बैंकिङ आवश्यक्ता पूरा गर्ने लक्ष्य लिएको छ। निकट भविष्यमा सुक्ष्म उद्यमीहरूका लागि छुट्टै मोबाइल एप विकास गर्ने योजना समेत छ। बैंकले पछिल्लो समय डिजिटल फर्स्ट फाइनान्सियल संस्था बन्ने रणनीति लिएको छ। त्यसैअनुसार बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र अन्य डिजिटल प्रविधिलाई एकीकृत गर्न प्राथमिकता दिएको छ। यो प्लेटफर्म त्यसैको उदाहरण भएको बैंकले जनाएको छ। यो नयाँ प्लेटफर्मले भने दायरा बढाउँदे कर्पोरेट ग्राहकतर्फ आफ्नो ध्यान केन्द्रित गर्ने लक्ष्य लिएको छ।