• होमपेज
  • बैंकिङ्ग
  • एनएमएका सदस्यलाई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका विभिन्न सेवाहरूमा छुट दिने

एनएमएका सदस्यलाई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका विभिन्न सेवाहरूमा छुट दिने

  • बुधबार, भदौ १८, २०८२
एनएमएका सदस्यलाई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका विभिन्न सेवाहरूमा छुट दिने

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडकिल एसोसिएसन (एनएमए) बिच व्यावसायिक सम्झौता भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र एनएमएबीच विस्तारित बैंकिंङ सेवा प्रदान गर्ने उद्देश्य राखी सो सम्झौता भएको हो ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र मेडकिल एसोसिएसन तर्फ अध्यक्ष डा. अनिल बिक्रम कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेपछि सो व्यावसायिक सेवा आरम्भ भएको छ ।

यस सम्झौता मार्फत एनएमएका सम्पूर्ण सदस्यहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गरिएको छ । सोहि सम्झौता अनुसार एसोसिएसनका सदस्यहरुलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरु https://www.nimb.com.np/personal-banking/branches मार्फत प्रोफेशनल बचत खाता खोलि दस लाखको दुर्घटना बिमा सुविधा सहित अन्य व्यावसायिक कर्जा, साना तथा मझौला कर्जा, क्लिन सोसल कर्जा, व्यक्तिगत कर्जा, सवारी तथा घर कर्जा र डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैंकिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए।

यो सम्झौताबाट ९एनएमएका सदस्यहरुले प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ ।

Facebook Comments

सम्बन्धित समाचार