• होमपेज
  • बैंकिङ्ग
  • कृषि विकास बैंकको अध्यक्षमा डिम पौडेल नियुक्त

कृषि विकास बैंकको अध्यक्षमा डिम पौडेल नियुक्त

  • बुधबार, भदौ ११, २०८२
कृषि विकास बैंकको अध्यक्षमा डिम पौडेल नियुक्त

कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन् । अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेका उनलाई बुधबार बसेको समितिको बैठकले अध्यक्षमा नियुक्त गरेको हो ।
नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक समेत रहेका पौडेलसँग निजी क्षेत्रका राष्ट्रिय तथा बहु राष्ट्रिय कम्पनीमा नेतृत्व गरेको अनुभव छ ।

त्यस्तै उनले चितवन मेडिकल कलेज र नेपाल क्यान्सर अस्पताल जस्ता संस्थाको सफल नेतृत्व गरिसकेका छन् । उनी बैंकको अध्यक्षमा नियुक्त भइसकेपनि नेपाल राष्ट्र बैंकका गभर्नरबाट सपथ लिन भने बाँकी रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार