नेपाल बैंक लिमिटेड र माउन्टेन भिस्टा रिट्रिटबीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकमा कार्यरत कर्मचारी, उनका परिवारका सदस्य तथा बैंकमा खाता रहेका ग्राहकहरूले रिसोर्टका विभिन्न सेवामा १० देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–२ मा अवस्थित माउन्टेन भिस्टा रिट्रिटले आफ्ना सेवा प्रयोग गर्ने नेपाल बैंकसँग सम्बन्धित व्यक्तिहरूलाई यो सुविधा उपलब्ध गराउने जनाएको छ ।
सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र माउन्टेन भिस्टा रिट्रिटका निर्देशक प्रदिप शर्मा पौडेलले हस्ताक्षर गरेका छन् ।