• होमपेज
  • विकास बैंक
  • लेमन ट्रि प्रिमियरमा कामना सेवाका कर्मचारी र ग्राहकलाई २० प्रतिशतसम्म छुट

लेमन ट्रि प्रिमियरमा कामना सेवाका कर्मचारी र ग्राहकलाई २० प्रतिशतसम्म छुट

  • बुधबार, भदौ ४, २०८२
लेमन ट्रि प्रिमियरमा कामना सेवाका कर्मचारी र ग्राहकलाई २० प्रतिशतसम्म छुट

कामना सेवा विकास बैंकले काठमाडौं, बुढानिलकण्ठ स्थित लेमन ट्रि प्रिमियरसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा १५ प्रतिशत तथा स्पा मा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र होटलका प्रमुख सञ्चालन अधिकृत यादव प्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् ।

 

Facebook Comments

सम्बन्धित समाचार