• होमपेज
  • बैंकिङ्ग
  • नेपाल बैंक र ओम अध्याय रिट्रिटबीच सम्झौता, ग्राहक र कर्मचारीलाई छुट

नेपाल बैंक र ओम अध्याय रिट्रिटबीच सम्झौता, ग्राहक र कर्मचारीलाई छुट

  • मङ्लबार, भदौ ३, २०८२
नेपाल बैंक र ओम अध्याय रिट्रिटबीच सम्झौता, ग्राहक र कर्मचारीलाई छुट

नेपाल बैंक लिमिटेड र ओम अध्याय रिट्रिटबीच विशेष छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी, उनीहरूका परिवारका सदस्य तथा बैंकका ग्राहकहरूले मकवानपुर जिल्लाको थाहा नगरपालिका–१३, बज्रबाराहीस्थित ओम अध्याय रिट्रिटमा उपलब्ध हुने सेवाहरूमा छुट पाउने भएका छन् ।

सम्झौता बमोजिम ओम अध्याय रिट्रिटले रिसोर्टमा उपलब्ध हुने विभिन्न सेवामा लाग्ने शुल्कमा बिल रकमको १० देखि १५ प्रतिशतसम्म छुट प्रदान गर्नेछ । यसले नेपाल बैंकका कर्मचारी, परिवार र ग्राहकहरूलाई सेवा उपयोगमा थप सुविधा हुने अपेक्षा गरिएको छ ।

उक्त सम्झौता पत्रमा भदौ २ गते नेपाल बैंक लिमिटेडको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र ओम अध्याय रिट्रिटका निर्देशक सुजन अधिकारीले हस्ताक्षर गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार