• होमपेज
  • बीमा
  • जीवन बीमाको महत्वसहित आईएमई लाइफले मनाइयो आठौँ वार्षिकोत्सव

जीवन बीमाको महत्वसहित आईएमई लाइफले मनाइयो आठौँ वार्षिकोत्सव

  • आइतवार, भदौ १, २०८२
जीवन बीमाको महत्वसहित आईएमई लाइफले मनाइयो आठौँ वार्षिकोत्सव

आईएमई लाइफ इन्स्योरेन्सले आठौँ वार्षिकोत्सवको अवसरमा देशव्यापी प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । ‘स्वस्थ जीवनका लागि जीवन बीमा’ भन्ने मूल सन्देशसहित काठमाडौंसहित सातै प्रदेशमा प्रभातफेरी आयोजना गरिएको हो ।जीवन बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न उमेर समूहका ग्राहक, अभिकर्ता, सञ्चालक समिति, कर्मचारी तथा सर्वसाधारणको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्ना शाखा कार्यालय तथा स्थानीय साझेदार संस्थासँग सहकार्य गर्दै वार्षिकोत्सवलाई स्वास्थ्य सचेतना र बीमा अभिवृद्धिको महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ । प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले स्वास्थ्य र सुरक्षा दुवै जीवनको आधार भएको उल्लेख गर्दै, प्रभातफेरीमार्फत नागरिकलाई सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्ने र जीवन बीमाको आवश्यकता तथा फाइदाबारे बुझाउने उद्देश्य राखिएको बताए ।

Facebook Comments

सम्बन्धित समाचार