• होमपेज
  • विकास बैंक
  • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विमाङ्क रकम हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विमाङ्क रकम हस्तान्तरण

  • आइतवार, भदौ १, २०८२
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विमाङ्क रकम हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकले सुरक्षित बाल बचत खाता अन्तर्गत संरक्षकको मृत्यु भएपछि खाता धारक परिवारलाई विमाङ्क रकम हस्तान्तरण गरेको छ ।  पोखरास्थित तालचोक शाखामा सुरक्षित बाल बचत खाता खोलेकी सृष्टि त्रिपाठीका संरक्षक (दाजु) सागर त्रिपाठीको दुर्घटनामा निधन भएपछि बैंकले उक्त योजनाअनुसार रकम उपलब्ध गराएको हो ।

शाखा प्रवन्धक राजीव पौडेलले सृष्टि त्रिपाठी र उनकी आमा शिला त्रिपाठीलाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरे । सो रकम सृष्टि १८ वर्ष पुगेपछि झिक्न पाउने गरी मुद्दती खातामा जम्मा गरिएको बैंकले जनाएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको सुरक्षित बाल बचत योजनाअन्तर्गत खाता धारकका संरक्षकको मृत्यु भएमा तीन लाख रुपैयाँसम्मको विमाङ्क उपलब्ध गराइने प्रावधान रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार