डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत फास्टफूड चेन द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनसँग साझेदारी गरेको घोषणा गरेको छ । यस सम्झौताअनुसार सक्रिय डिशहोम ग्राहकहरूले अब देशभर रहेका १५८ वटै आउटलेटहरूमा फूड एण्ड बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यो सुविधा केवल माइ डिशहोम एपमार्फत सक्रिय ग्राहकका लागि मात्र उपलब्ध हुनेछ।
डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा उपलब्ध गराउन सुरु गरिएको हो । कम्पनीले निकट भविष्यमा थप अग्रणी ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने लक्ष्य राखेको छ ।