• होमपेज
  • शेयर मार्केट
  • एशियन होटलले आईपीओ जारी गर्ने

एशियन होटलले आईपीओ जारी गर्ने

  • शुक्रबार, साउन ३१, २०८२
एशियन होटलले आईपीओ जारी गर्ने

एशियन होटल लिमिटेडले आफ्नो व्यवसाय विस्तारका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ३५ लाख कित्ता सेयर निष्काशनमार्फत ३५ करोड रुपैयाँ जुटाउने योजना बनाएको छ । उक्त रकमबाट जसबाट होटललाई पाँचतारे स्तरमा स्तरोन्नति गर्ने, स्पोर्ट्स कम्प्लेक्स तथा हेल्थ फिटनेस लगायतका पूर्वाधार विकास गरिने जनाइएको छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा होटलले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

होटल एसियनका अध्यक्ष पारस अधिकारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे । यो होटल बौद्ध धर्मावलम्बी तथा सांस्कृतिक वातावरणको वास्तविक झल्को दिने उद्देश्यले सन् २०२१ मा स्थापना भएको थियो । लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत सिद्धार्थ गौतम बुद्धको जन्मस्थल र विश्वभरका बौद्ध धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल हो ।

हाल होटलमा ६६ वटा सुविधा सम्पन्न कोठा, स्पा, फिटनेस सेन्टर, क्यासिनो, बेन्क्वेट हल, बाह्य बगैंचा, उच्चस्तरीय सेमिनार, कन्फरेन्स र डेस्टिनेशन वेडिङका सुविधा उपलब्ध छन् । आईपीओपश्चात् कम्पनीले पोखरा, काठमाडौं र चितवनमा सेवा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार