मेट लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ४९ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा ८२ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ४०.०७ प्रतिशतले घटेको छ । समीक्षा वर्षमा कम्पनीले गत आवमा ६ अर्ब १ करोड २ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।
अघिल्लो आवमा कम्पनीले ५ अर्ब ४५ करोड ६४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १०.१५ प्रतिशतले बढेको छ ।
त्यस्तै, कम्पनीले समीक्षा वर्षमा ६ अर्ब २५ करोड ८३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १०.२० प्रतिशतले बढेको छ । कम्पनीले अघिल्लो आवमा ५ अर्ब ६७ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
गत वर्ष कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब ६२ करोड २२ लाख रुपैयाँ छ । अघिल्लो आवमा कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब ५६ करोड ११ लाख रुपैयाँ रहेको थियो । समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा ५७ करोड ६८ लाख रुपैयाँ छ ।
अघिल्लो वर्षमा महाविपत्ति कोषमा ५२ करोड ७६ लाख रुपैयाँ थियो । त्यस्तै अन्य इक्विटीमा १ अर्ब १७ करोड ४१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको अन्य इक्विटीमा १ अर्ब ७ करोड ७३ लाख रुपैयाँ थियो ।