• होमपेज
  • शेयर मार्केट
  • अमुदी फुड्सले आईपीओ जारी गर्ने

अमुदी फुड्सले आईपीओ जारी गर्ने

  • सोमवार, साउन २७, २०८२
अमुदी फुड्सले आईपीओ जारी गर्ने

अमुदी फुड्सले साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ । कम्पनीले प्रति सेयर अंकित मुल्य १०० रुपैयाँ दरको २० लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

साउन २६ गते ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा अमुदी फुड्सकोको तर्फबाट अध्यक्ष अच्युत बस्नेत र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार