• होमपेज
  • वाणिज्य बैंक
  • बयालपाटा अस्पताललाई सांग्रिला डेभलपमेन्ट बैंकले दियो अक्सिजन कन्सन्ट्रेटर

बयालपाटा अस्पताललाई सांग्रिला डेभलपमेन्ट बैंकले दियो अक्सिजन कन्सन्ट्रेटर

  • सोमवार, साउन २७, २०८२
बयालपाटा अस्पताललाई सांग्रिला डेभलपमेन्ट बैंकले दियो अक्सिजन कन्सन्ट्रेटर

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले अछामको बयालपाटा अस्पताललाई एक थान ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण गरेको छ ।

बयालपाटा अस्पतालमा आयोजित एक समारोहमा सांग्रिला डेभलपमेन्ट वैंक साँफेबगर शाखाका प्रवन्धक अनुपम महराले अस्पतालका निर्देशक डा. मन्दिप पाठकलाई ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा अस्पतालका निर्देशक डा. पाठकले निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको बयालपाटा अस्पतालमा विरामीको उपचारका लागि अक्सिजन ब्यवस्थापन गर्न सहज हुने बताए ।

५० बेडको यस अस्पतालमा दैनिक दुई सयदेखि दुई सय पचास जनासम्म र बार्षिक ७० देखि ८० हजारसम्म विरामीले उपचार सेवा लिने गरेको निर्देशक डा.पाठकले बताए ।

सांग्रिला डेभलपमेन्ट बैंंकले गत आवको सामाजिक संस्थागत उत्तरदायित्व (सीएसआर) अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र र रोल्पाको सुनिल स्मृती गाउँपालिका–४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई एक एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइसकेको छ ।

आम नागरिकको विश्वास र भरोसाका कारण यस सांग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको बैंकले आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता जनाएको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार