कामना सेवा विकास बैंक र काठमाडौं कमलादीस्थित स्काइ वाकबीच सेवा शुल्कमा विशेष छुट दिने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार, बैंकका ग्राहक तथा कर्मचारीहरूले स्काइ वाकको टिकट रकममा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यो सुविधा लिन ग्राहकहरूले बैंकसँगको सम्बन्ध प्रमाणित गर्ने कागजात देखाउनुपर्नेछ ।
बैंकले उक्त सहकार्यले आफ्ना सेवाग्राहीहरूलाई मनोरञ्जन तथा विश्रामसँग जोडिएको नयाँ अनुभव प्रदान गर्नुका साथै विशेष लाभ दिलाउने विश्वास व्यक्त गरेको छ । सम्झौतामा बैंकको तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र स्काइ वाकका विभागीय प्रमुख दुष्यन्त ठाकुरले हस्ताक्षर गरेका छन् ।