• होमपेज
  • रेमिटेन्स
  • सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक टण्डन र राजदूत पौडेलबीच विदेशी लगानी र पर्यटन प्रवर्द्धनमा छलफल

सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक टण्डन र राजदूत पौडेलबीच विदेशी लगानी र पर्यटन प्रवर्द्धनमा छलफल

  • मङ्लबार, साउन २१, २०८२
सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक टण्डन र राजदूत पौडेलबीच विदेशी लगानी र पर्यटन प्रवर्द्धनमा छलफल

सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक र ग्लोबल बिजिनेस तथा डायस्पोरा समिती (सीएनआइ)का सभापति चन्द्र टण्डन र नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत तथा पोर्चुगलस्थित नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेल बीच महत्वपूर्ण छलफल भएको छ। यस छलफलमा बिदेशी प्रत्यक्ष लगानी भित्र्याउन आवश्यक रणनीतिहरू, उत्पादनशील क्षेत्रहरू र प्रविधी स्थानान्तरणका साथै रेमिट्यान्स लगानीलाई प्रोत्साहन गर्ने औपचारिक नेटवर्कहरूको स्थापना गर्नका लागि विचार विनिमय भएको थियो।

त्यसैगरी, नेपाललाई साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र अध्यात्मिक रिट्रीटहरूको लागि शीर्ष गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने विषयमा पनि छलफल भएको थियो।

यस अवसरमा, पोर्चुगलमा रहेका नेपालीहरूको समस्याको समाधानका लागि आफू सक्रिय रहेको र नेपाली आप्रवासीहरूको कल्याण र अधिकार सुनिश्चित गर्न काम भइरहेको जानकारी राजदूत पौडेलले दिएका छन्। उनले पोर्चुगलमा नेपाली उत्पादनहरूको प्रवद्र्धन गर्ने प्रभावकारी योजना पनि तयार भइरहेको कुरा उल्लेख गरे।

यसोमात्र होइन, पोर्चुगलमा रहेको नेपाली मिशन र सीएनआई बीचको संस्थागत सम्बन्धको बारेमा पनि छलफल भएको थियो, जसले भविष्यमा आपसी सहकार्य र सहयोगको नयाँ ढोका खोल्न मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।

Facebook Comments

सम्बन्धित समाचार