नाइमा अटो शोको अवसरमा विभिन्न सवारी साधनका कम्पनीहरुले विभिन्न अफरहरु ल्याउने क्रम तीव्र बनेको छ । यसै क्रममा नेपालमा चर्चित इलेक्ट्रिक स्कुटर ब्राण्ड सारथीइकुटरले पनि निक्कै आकर्षक अफर ल्याएको छ । नाइमा अटो शोको शुरुको दिन अर्थात साउन २१ गतेदेखि साउनको २५ गतेसम्म लागु हुने गरी सोे अफर सञ्चालन हुने कम्पनीले जनाएको छ ।
उक्त अफर अनुसार सारथी इकुटरका दुइ मोडेल इ३ र विँगर मोडेलको स्कुटर खरिद गर्ने ग्राहकले नगद रु. २५ हजार छुट पाउनेछन् । साथै एक बर्षको कर, एउटा प्रिमियम हेलमेट तथा एउटा रेनकोट पनि निःशुल्क दिइने कम्पनीले जनाएको छ । यो अफर नगदमा खरिद गर्ने ग्राहकले मात्र पाउने छन् । नगद नहुने ग्राहकहरुले किस्तावन्दीमा पनि स्कुटर खरिद गर्न सकिने बताइएको छ । जस अन्तर्गत जम्मा २० प्रतिशत डाउनपेमेन्टमा अधिकतम ३ बर्षसम्मको फाइनान्स सुविधा पाउन सक्नेछन् ।
यतिमात्र नभएर कम्पनीले हरेक दिन एक्सचेन्जको पनि सुविधा दिइरहेको छ । कुनै पनि पुरानो बाइक वा स्कुटर ईभी भएपनि वा पेट्रोल वाला भएपनि एक्सचेन्ज हुने कम्पनीले जनाएको छ । ३ हजार ९ सय वाटको अधिकतम मोटर पावर भएको सारथी इकुटरको विँगर र ३ हजार वाट मोटर पावर भएको इ३ दुबै स्कुटरमा २.८ किलोवाटको बेट्रि प्रयोग भएको छ । जसले अधिकतम १२० किलोमिटर सम्मको रेन्ज दिन्छ । कम्पनीले इ३ लाई २ लाख १६ हजार र विँगरलाई २ लाख ९ हजार रुपैंया मुल्य राखेको छ । अहिलेको अफर अन्तरगत दुबैमा २५ हजार डिस्काउन्ट हुनेछ । यी स्कुटरको नेपालका लागि आधिकारिक वितरक जीरो इमिसन राइड एन रहेको छ ।