• होमपेज
  • बैंकिङ्ग
  • मन्जुश्री फाइनान्सद्वारा भिडियो केवाईसी सेवा सुरु

मन्जुश्री फाइनान्सद्वारा भिडियो केवाईसी सेवा सुरु

  • मङ्लबार, साउन २१, २०८२
मन्जुश्री फाइनान्सद्वारा भिडियो केवाईसी सेवा सुरु

मन्जुश्री फाइनान्स लिमिटेडले भिडियो केवाईसी सेवा सुरु गरेको छ | कम्पनीले डिजिटल क्षेत्रमा ग्राहकवर्गलाई सहज बैंकिङको सुबिधाको साथै ग्राहकको समय बचत गराउने उद्देश्यले भिडियो केवाईसी सेवाको सुरुवात गरिएको हो |
कम्पनीले Tech Savvy ग्राहक तथा बिदेशमा रहेका नेपालीहरुलाई मध्येनज़र गर्दै सो सुबिधाको सुरुवात गरेको जनाएको छ । अब खाता अपडेट गर्नको लागि बैंकको शाखा पुग्नु पर्ने बाध्यता हट्ने कम्पनीले जनाएको छ । कम्पनीले हालसम्म २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट बैंकिङ सेवा उपलब्ध गराईरहेको छ |

Facebook Comments

सम्बन्धित समाचार