• होमपेज
  • वाणिज्य बैंक
  • नेपाल प्रहरीलाई एनएमबि बैंकको उद्दार सामग्री

नेपाल प्रहरीलाई एनएमबि बैंकको उद्दार सामग्री

  • मङ्लबार, साउन २१, २०८२
नेपाल प्रहरीलाई एनएमबि बैंकको उद्दार सामग्री

मनसुनको मौसममा हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै एनएमबि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत नेपाल प्रहरीलाई सहयोग गरेको छ । बैंकले मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी एउटा १६ फिटको सेल्फ(बेलिङ राफ्ट, लाइफ ज्याकेटहरू र अन्य विपद् उद्दार सामग्रीहरू हस्तान्तरण गरेको हो । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले नेपाल प्रहरीका प्रतिनिधि प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलाई औपचारिक रूपमा ती उद्दार सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा हस्तान्तरण गरिएका सामग्रीहरूमा रबर बोटसहित लाइफ ज्याकेटहरू र अन्य आपतकालीन उपयोगी उपकरणहरू समावेश छन् । मनसुनको समयमा बाढी, डुबान तथा अन्य जलजन्य विपद् तथा आकस्मिक घटनाहरूको सम्भावना उच्च हुने भएकाले यस किसिमको सहयोगले प्रहरीको कार्यक्षमतामा सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ ।

एनएमबि बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा विपद् व्यवस्थापन जस्ता विभिन्न क्षेत्रहरूमा निरन्तर योगदान पुर्याउँदै आइरहेको छ । यस प्रकारको सहयोगले समुदायमा बैंकको प्रतिबद्धता झल्काउने विश्वास बैंकको रहेको छ । एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरू, १८७ एटीएमहरू र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार