प्रमुख वाणिज्य बैंकमध्ये एक नबिल बैंकले दिगो विकास लक्षित ग्रामीण कर्जा प्रवर्द्धनमा सक्रियता बढाउँदै आएको छ ।
पछिल्लो समय नबिलले ग्रामीण जीवनको आयस्तरदेखि वातावरण संरक्षणमा समेत योगदान पुग्ने गरी सुरु गरेको व्यावसयिक विद्युतीय सवारीसाधन (ईभी) कर्जाले जुम्लाका यातायात व्यवसायी निकै उत्साहित देखिन्छन् ।
नबिलले सवारीसाधन धितोमा नै यातायात व्यवसायीलाई ईभी खरिदमा वित्तीय लगानी गरेपछि यातायात व्यवसायीहरू यसबाट लाभवान्वित भएका छन् । जुम्ला तातोपानी गाउँपालिका–५ श्रीनगरका तेजबहादुर कठायतले आफ्नो कमाइसँगै नबिल बैंकको दिगो विकास लक्षित विद्युतीय सवारीसाधन कर्जा अन्तर्गत कर्जा लिई ईभी खरिद गरे ।
उनलाई नबिल बैंकले ग्रामीण स्तरमा पुगी ईभी खरिदका लागि आवश्यक नपुग रकम सवारीसाधन धितोमा अतिरिक्त धितोविना नै कर्जा दियो । उक्त कर्जा र आफ्नो आम्दानीबाट किनेको ईभी सर्वासाधारणको सेवामा उतारेका कठायत अहिले आम्दानी बढेको बताउँछन् । उनले विगतको तुलनामा आम्दानी बढ्नुका साथै बचत पनि वृद्धि भएको बताएका छन् । विगतमा डिजेल, पेट्रोल गाडीबाट खर्च धेरै हुने तर बचत कम हुने गरेको उनको भनाइ छ ।
‘नबिल बैंक यो गाउँमा आएर हाम्रो बचत बढाउन मद्दत गरेको छ, साथै वातावरणका दृष्टिकोणमा पनि धेरै राम्रो भएको छ,’ कठायतले भने ।
डिजेल, पेट्रोलका कारण वातावरणमा पर्ने नकारात्मक असरमा समेत कमी आउन मद्दत पुगेको उनले बताए । ध्वनि प्रदूषण समेत कम भएको अनुभव उनको छ ।
कठायत जस्तै केही स्थानीयले पनि नबिल बैंकको दिगो विकास लक्षित विद्युतीय सवारीसाधन कर्जामार्फत ईभी खरिद गरेका छन् । उनीहरूको पनि बचत बढ्नुका साथै यात्रुको रोजाइमा ईभी नै पर्ने गरेको अनुभव रहेको छ ।
त्यसैगरी ग्रामीण भेगको ग्राभेल सडकमा पनि ईभीले सहज यात्रा सम्भव बनाएको, नबिल बैंक स्थानीय परिवारको आयस्तर नै परिवर्तन गराउने माध्यमका रूपमा आएकोमा उनीहरू खुसी छन् ।
बैंकले ग्रामीण क्षेत्रलाई पनि वित्तीय सहभागिताको दायरामा ल्याउने तथा विद्युतीय गाडी प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरेको यो योजना अहिले जुम्ला लगायत देशैभरि सञ्चालनमा छ ।
यो योजना अन्तर्गत बैंकले जुम्लामा मात्रै २० युनिट ईभीमा वित्तीय लगानी गर्ने छ । त्यसमध्ये हालसम्म ९ जनाका लागि ईभीमा लगानी गरिसकेको बैंकले जनाएको छ ।
कठायत पनि तिनै ९ मध्येका एक यातायात व्यवसायी हुन् । यो योजनाले ग्रामीण क्षेत्रमा ईभीको पहुँच विस्तारमा महत्त्वपूर्ण योगदान दिने बैंकको अपेक्षा छ ।
बैंकले जलवायु परिवर्तन नियन्त्रणको पहल समर्थन गर्दै हरित यातायात प्रोत्साहन गर्ने लक्ष्य लिएको छ । सोहीअनुसार बैंक ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तारसँगै हरित फाइनान्सिङ मार्फत स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने प्रयासमा लागेको हो ।
बैंकले पेट्रोल तथा डिजेलको भर पर्नुपर्ने बाध्यता कम गर्न र जलवायु परिवर्तन नियन्त्रणको पहल गर्न ग्रामीण स्तरमा पनि ईभीका लागि कर्जा योजना प्रवर्द्धन गरेको जनाएको छ ।