• होमपेज
  • वाणिज्य बैंक
  • मुक्तिनाथ बैंकका ग्राहकलाई एमएन अस्पतालमा १५ प्रतिशतसम्म छुट

मुक्तिनाथ बैंकका ग्राहकलाई एमएन अस्पतालमा १५ प्रतिशतसम्म छुट

  • सोमवार, साउन २०, २०८२
मुक्तिनाथ बैंकका ग्राहकलाई एमएन अस्पतालमा १५ प्रतिशतसम्म छुट

मुक्तिनाथ विकास बैंकले ग्राहकहरूलाई थप सेवा-सुविधा उपलब्ध गराउने उद्देश्यले काठमाडौं, बसुन्धरास्थित एमएन अस्पतालसँग छुटसम्बन्धी व्यवसायिक सम्झौता गरेको छ । सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले एमएन अस्पतालमा उपलब्ध विभिन्न सेवाहरू जस्तै अपरेसन, प्रयोगशाला परीक्षण, एक्स-रे, औषधी आदिमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकले यस्तो सहकार्यबाट ग्राहकहरूले गुणस्तरीय स्वास्थ्य सेवा सरल, सुलभ र किफायती रूपमा प्राप्त गर्ने विश्वास लिएको जनाएको छ ।

बैंकले ग्राहक हितमा केन्द्रित यस्ता सेवामूलक साझेदारीहरू आगामी दिनहरूमा अझै विस्तार गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरेको छ । यससँगै बैंकले मोबाइल एप ‘मुक्तिनाथ फाइदा’ सार्वजनिक गरी एकै एपबाट बहुउपयोगी सुविधाहरू उपलब्ध गराएको छ । साथै, अन्तरदेशीय क्यूआर भुक्तानी सेवा, मोबाइल बैंकिङ, अनलाइन कर्जा आवेदन, खाता खोल्ने सुविधा, इन्टरनेट बैंकिङ, रेमिट्यान्स खाता मै जम्मा जस्ता सेवाहरू ग्राहकले घरबाटै प्रयोग गर्न सक्ने सुविधा पनि सञ्चालनमा ल्याइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार