नेपाल एसबिआई बैंक क्यापिटल फाइनान्स इन्टरनेशनल (सीएफआई डट को ) लण्डनद्वारा ‘च्याम्पियन इन मोडर्न बैंकिङ्ग इनोभेसन नेपाल २०२५’ को उपाधिबाट सम्मानित भएकोे छ । यस प्रतिष्ठित अर्वाडले बैंकको डिजिटल रुपान्तरण तथा ग्राहक केन्द्रित नवप्रवर्तनप्रतिको प्रतिबद्धतालाई दर्साउँछ। त्यसैगरी बैंक सिंगापुरस्थित एसियन बैंकिङ एण्ड फाइनान्स (एबीएफ) द्वारा होलसेल बैंकिङ अवार्ड २०२५ अन्तर्गत ‘नेपाल डोमेस्टिक डिजिटल ट्रान्सफर्मेसन बैंक अफ द इयर’ , नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अपरेसन्स बैंक अफ द इयर’ तथा रिटेल बैंकिङ अवार्ड २०२५ अन्तर्गत ‘डिजिटल बिजनेस बैंकिङ इनिसियटिभ अफ द इयर – नेपाल’ र ‘एसएमई बैंक अफ द इयर – नेपाल’ बाट सम्मानित भएको हो ।
यी अन्तर्राष्ट्रिय सम्मानहरूले बैंकले प्रदान गरिरहेको होलसेल तथा रिटेल बैंकिङ सेवाहरूमा डिजिटल रूपान्तरण, उत्कृष्टता र नवप्रवर्तनप्रति बैंकको अटल प्रतिबद्धतालाई जोड दिन्छ । नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।