• होमपेज
  • विकास बैंक
  • अब भारतबाट सिधै नेपाल पैसा पठाउन सकिने, महालक्ष्मी विकास बैंकको नयाँ प्रणाली सुरु

अब भारतबाट सिधै नेपाल पैसा पठाउन सकिने, महालक्ष्मी विकास बैंकको नयाँ प्रणाली सुरु

  • आइतवार, साउन १९, २०८२
अब भारतबाट सिधै नेपाल पैसा पठाउन सकिने, महालक्ष्मी विकास बैंकको नयाँ प्रणाली सुरु

महालक्ष्मी विकास बैंक र भारतको वित्तीय संस्था एचडीएफसी बैंकबीच सीमापार वित्तीय सेवा प्रवर्द्धनका लागि समझदारी भएको छ । समझदारीपछि अब भारतबाट नेपालमा सिधा डिजिटल भुक्तानी गर्न सकिने सुविधा सुरु भएको हो, जसले नेपाल–भारतबीचको बैंकिङ्ग सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।

यस समझदारी अन्तर्गत महालक्ष्मी विकास बैंक भारतको एचडीएफसी बैंकसँगको सहकार्यमा सिएमएस प्रणाली सञ्चालनमा ल्याएको छ । यस प्रणालीमार्फत भारतमा रहेका व्यक्ति वा संस्थाले नेशनल इलेक्ट्रोनिक फण्ड ट्रान्सफर, रियल टाइम ग्रस सेटलमेन्ट तथा अन्य डिजिटल माध्यमहरू प्रयोग गरी नेपालस्थित महालक्ष्मी विकास बैंकको खातामा सिधै रकम जम्मा गर्न सक्नेछन् ।

त्यस्तै, भारतका अन्य बैंकमा रहेको चेक जम्मा गरेर समेत नेपालमा पैसा पठाउन सकिने व्यवस्था समेत गरिएको छ । महालक्ष्मी विकास बैंक यस्तो सेवा सुरु गर्ने पहिलो विकास बैंक बनेको छ । दुवै बैंकले प्रक्रिया पूर्ण गरी परीक्षण कारोबार समेत सम्पन्न गरिसकेको बैंकले जनाएको छ ।

बैंकका अनुसार यस सेवा प्रारम्भसँगै सीमापार व्यापार, रेमिट्यान्स सेवा र डिजिटल कारोबार झन् सरल, सुरक्षित र प्रभावकारी बन्नेछ । यसले डिजिटल नवप्रवर्तनप्रतिको बैंकको प्रतिबद्धता समेत प्रष्ट पार्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार