• होमपेज
  • बीमा
  • मेटलाइफ नेपाल ‘ग्रेट प्लेस टु वर्क’ सूचीमा सम्मानित

मेटलाइफ नेपाल ‘ग्रेट प्लेस टु वर्क’ सूचीमा सम्मानित

  • आइतवार, साउन १९, २०८२
मेटलाइफ नेपाल ‘ग्रेट प्लेस टु वर्क’ सूचीमा सम्मानित

मेटलाइफ नेपालले विश्वस्तरको ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्र प्राप्त गर्दै उत्कृष्ट कार्यसंस्कृतिको मान्यता हासिल गरेको छ । कम्पनीले विश्वभरका ३३ वटा मेटलाइफ कार्यालयहरूसँगै यो उपाधि प्राप्त गर्दै कर्मचारीमैत्री संस्थाका रूपमा प्रमाणित गराएको हो ।

गत महिना सम्पन्न सर्वेक्षणमा विश्वभरका २४ हजार भन्दा बढी कर्मचारी सहभागी भएका थिए । उनीहरूले काम गर्ने वातावरण, विश्वास, समावेशीता, सम्मान र प्रेरणाको आधारमा मेटलाइफको मूल्याङ्कन गरेका थिए । नेपालस्थित मेटलाइफको प्रदर्शन ग्लोबल बेन्चमार्कभन्दा उच्च देखिएको थियो । यसले कम्पनीको समावेशी, सुरक्षित र प्रेरणादायक कार्यसंस्कृतिलाई झल्काउँछ ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ भन्छन्, ‘यो मान्यता केवल एउटा उपलब्धि होइन, हामीले सँगै निर्माण गरेको संस्कृतिको प्रमाण हो । जब कर्मचारीहरूले आफूलाई विश्वास गरिएको, सम्मान गरिएको र सशक्त महसुस गर्छन्, उनीहरू आफ्नो उत्कृष्ट योगदान दिन सक्षम हुन्छन् ।’

ग्रेट प्लेस टु वर्क’ विश्वव्यापी रूपमा सर्वोत्तम कार्यस्थल चिन्ने मान्यता प्रणाली हो, जसले संस्थाको भित्री संस्कृति, नेतृत्व, पारदर्शिता र कर्मचारी सन्तुष्टिलाई आधार मानेर मूल्याङ्कन गर्दछ ।

 

Facebook Comments

सम्बन्धित समाचार