नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका २०८० संशोधनगरेको छ। बीमा प्राधिकरणले गत साउन ८ गरेको संशोधन एक सातापछि मात्रै सार्वजनिक गरेको हो । पुनर्बीमा व्यवसाय सम्बन्धी व्यवस्थाको तर्जुमा गरी जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको पुनर्बीमा व्यवस्थालाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले, बीमा ऐन, २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी बीमा प्राधिकरणद्वारा देहाय बमोजिमको निर्देशिका जारी गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणको निर्देशिका बमोजिम बीमकले प्राधिकरणको अध्यक्षतामा उपसमिति गठन गर्ने देखि म्यादी बीमा र पुनर्बीमाको छुटै निर्देशिकाको बिषय समेत संसोधन गरेको छ। जसमा पुनर्बीमकलाई बीमकबाट प्राप्त प्राधिकरणले निर्धारण गरे बमोजिम प्राप्त प्रत्यक्ष हिस्सा स्वदेशी पुनबीमकले कुनै पनि अवस्थामा अस्वीकार गर्न नपाउने व्यवस्था रहेको छ।
स्वदेशी पुनर्बीमकसँग पुनर्बीमा गर्नुपर्ने प्रावधान अनुसार बीमा कम्पनीहरुले ट्रिटी पुनबींमा अन्तर्गत प्रत्यक्ष हिस्सा स्वदेशी पुनर्बीमकलाई प्रदान गरे पक्षात बाँकी रहेको हिस्साको कम्तीमा तीस प्रतिशत पुनर्बीमा बराबर हुनेगरी स्वदेशी पुनर्बीमकलाई प्रदान गर्नुपर्ने व्यवस्था रहेको छ।
बीमकहरुले जीवन बीमा, मोटर, कृषि, पशुपन्छी तथा जडिवुटी बीमा, हुलदंगा तथा आतंकवाद बीमा र विविध (यात्रा, ट्रेकिङ तथा स्वास्थ बीमा बाहेक) बीमालाई दफा १८ को अधीनमा रही स्वदेशमा नै शत प्रतिशत पुनबीमा गर्नुपर्ने छ र त्यसरी प्राप्त पुनींमा स्वदेशी पुनबीमकले अस्वीकार गर्न नपाईने व्यवस्था रहेको छ।
त्यस्तै, फ्याकल्टेटिभ पुनर्बीमामा पुनबींमा व्यवस्था बमोजिम स्वदेशी बीमकहरूले अर्को स्वदेशी बीमक वा बीमकहरूसँग आन्तरिक फ्याकल्टेटिभ पुनर्बीमा गर्न सक्नेछ । भने बीमकले फ्याकल्टेटिभ पुनबीमा गर्दा पुनर्बीमकबाट स्वीकृति (कन्फर्मेसन ) प्राप्त नभए सम्म बीमालेख जारी गर्न नहुने व्यवस्था निर्देशिकामा संसोधन गरिएको छ।
नेपाली नागरिकको बीमायोग्य हित रहेको विदेश स्थित सम्पत्ति सम्वन्धी व्यवस्थाः– (१) नेपाली नागरिकको बीमायोग्य हित रहेको विदेश स्थित सम्पत्ति तथा दायित्वको प्राधिकरणबाट इजाजत प्राप्त नेपाली बीमकहरुबाट नेपालमा नै बीमा गर्न सक्ने र त्यस्तो बीमा बापत कुनै दाबी परेमा नेपाल भित्रै नेपाली मुद्रामा दाबी भुक्तानी गर्ने सक्नेछ ।
पुनर्बीमा विविधिकरण
बीमकले पुनर्बीमा गराउँदा जोखिमको पर्याप्त मात्रामा विविधिकरण हुने गरी पुनर्बीमा विविधिकरणको व्यवस्था गर्नुपर्ने भएको छ ।
(२) उपदफा (१) बमोजिम पुनर्बीमा विविधिकरण गर्दा जुनसुकै अवस्थामा निर्जीवन बीमकको हकमा सम्पूर्ण पोर्टफोलियो र प्रति पोर्टफोलियो दुवैको अधिकतम साठी प्रतिशत भन्दा बढी हुने गरी एउटै पुनर्बीमक संग पुनर्बीमा गराउनु हुँदैन ।
(३) पुनर्बीमाको विविधिकरणको लागि मुख्य (लिडर ) पुनर्बीमकलाई कूल पुनर्बीमाको बढीमा चालिस प्रतिशत सम्म र अन्य सहभागी ( फलोअर) पुनबीमकको हकमा प्रत्येक पुनीमकलाई बढीमा बीस प्रतिशत सम्म पुनर्बीमा दिन सकिनेछ । तर, यो व्यवस्था जीवन बीमकको हकमा लागू हुने छैन ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि सहभागी पुनर्बीमक कम्तीमा दफा २१ को उपदफा (१) बमोजिमको लिडर सरहको रेटिङ्ग कायम भएको पुनर्बीमक रहेछ भने उक्त पुनर्बीमक सँग मुख्य पुनर्बीमक सरह नै पुनर्बीमा व्यवस्था गर्न सकिनेछ ।
(५) उपदफा (२) र (३) मा जुनसुकै कुरा उल्लेख गरिएको भए तापनि महाविपत्ति पुनर्बीमा, फ्याकल्टेटिभ पुनर्बीमा र कुनै विशेष प्रकारको वैदेशिक यात्रा, ट्रेकिङ, क्लिनिकल ट्रायल, पेशागत दायित्व र स्वास्थ्य तथा औषधोपचार जोखिमहरुको पुनर्बीमा एउटै पुनर्बीमक सँग पुनर्बीमा गराउन सक्नेछ र सो भन्दा बाहेक अन्य कुनै विशेष प्रकारको बीमामा विविधिकरण गर्न नसकी एउटै पुनर्बीमकसँग पुनर्बीमा गर्नु परेमा प्राधिकरणबाट स्वीकृति लिएर पुनर्बीमा गर्न सकिने व्यवस्था रहेको छ। बीमकले पुनर्बीमाको विविधीकरण गर्दा स्वदेशी पुनर्बीमकसँग गरेको पुनर्बीमा कारोवारको हकमा उपदफा (३) बमोजिमको प्रतिशतको सीमा लागू नहुने समेत व्यवस्था रहेको छ ।
सुरक्षण पत्र पेश गर्नुपर्ने व्यवस्थाः
बीमकले प्रत्येक आर्थिक वर्षको लागि गर्ने पुनर्बीमा सम्झौता (पुनबींमा ट्रिटी) को सुरक्षण पत्र (साइन स्लिप वा कभर नोट) को प्रमाणित प्रति सम्झौता क्रियाशील भएको साठी (६०) दिन भित्र प्राधिकरणमा पेश गर्नु पर्नेछ ।
तर फ्याक्लटेटिभ पुनर्बीमाको हकमा यो व्यवस्था लागू हुने छैन ।
पुनर्बीमा लेखापरीक्षणः
बीमकले आफ्नो आन्तरिक लेखापरीक्षण गर्दा पुनर्बीमा सम्बन्धी लेखापरीक्षण गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम लेखापरीक्षण गराँउदा ट्रिटी, फ्याकल्टेटिभ, स्थानीय फ्याकल्टेटिभ, बीमा पुल लगायत सबै प्रकारका पुनर्बीमा सम्झौता सम्बन्धी विषयहरू आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा समावेश गर्नु पर्नेछ।
सामूहिक बीमाकोष (बीमा पुल) सम्बन्धी व्यवस्थाः (१) बीमकहरूले बीमा वा पुरवीमा व्यवसायको कुनै खास जोखिम वा पोर्टफोलियों सम्बन्धी सामूहिक बीमाकोष खडा गर्न आवश्यक ठानेमा प्राधिकरणमा निवेदन दिन सक्नेछन् ।
सामूहिक बीमाकोष (बीमा पुल) सम्बन्धी व्यवस्थाः (१) बीमकहरूले बीमा वा पुरवीमा व्यवसायको कुनै खास जोखिम वा पोर्टफोलियों सम्बन्धी सामूहिक बीमाकोष खडा गर्न आवश्यक ठानेमा प्राधिकरणमा निवेदन दिन सक्नेछन् ।
प्राधिकरणले उपदफा (१) बमोजिमको निवेदन उपर आवश्यक अध्ययन गरी सामूहिक बीमाकोष खडा उपयुक्त देखेमा स्वदेशी बीमा तथा पुनर्बीमा पुलको गठनका लागि स्वीकृति दिन सक्नेछ। तर,प्राधिकरणले आवश्यक ठानेमा आफैले कुनै जोखिमसँग सम्बन्धित सामूहिक बीमाकोष स्थापना गर्न वा गुडन सक्नेछ ।
सामूहिक बीमाकोषको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी व्यवस्था प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ ।
सामूहिक बीमाकोष सम्बन्धी अन्य व्यवस्था प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ । जनशक्ति विकासः– (१) बीमकले आफ्नो पुनर्बीमा शाखामा दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्नेछ । (२) उपवफा (१) बमोजिमको जनशक्तिको लागि क्षमता अभिवृद्धिको कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।
तथ्याङ्क सम्बन्धी व्यवस्थाः–
बीमकले पुनर्बीमा व्यवसाय सम्बन्धमा प्राधिकरणले तोके बमोजिमको ढाँचामा प्रत्येक त्रैमास समाप्त भएको मितिले पन्ध्र दिन भित्र प्राधिकरणले तोके बमोजिमको प्रणाली मार्फत विवरण तथा तथ्याङ्क पेश गर्नु पर्नेछ ।
पुनर्बीमा उपसमितिः–
पुनबीमाका प्राविधिक विषयहरुको सम्बन्धमा सिफारिस गर्न र पुनर्बीमा सम्बन्धी अवस्थाको अद्यावधिक मुल्याङ्कन गर्न प्राधिकरणका अध्यक्षको संयोजकत्वमा प्राधिकरणका कार्यकारी निर्देशक, जीवन बीमक वा निर्जीवन बीमक वा लघुबीमकको प्रतिनिधि र पुनर्बीमा विज्ञ सदस्य तथा प्राधिकरणको पुनर्बीमा विभागका प्रमुख सदस्य सचिव रहने गरी एक उपसमिति गठन गरिने छ ।
त्यस्तै, पुनर्बीमा आन्तरिक लेखापरिक्षणमा गर्दा पुनर्बीमाको लेखापरिक्षण पनि बीमा कमपनीहरुले गनुपर्ने भएको छ। साथै बीमकको लेखापरिक्षण गराँउदा विटी फ्याक्फ्याकल्टेवटभ, स्थानीय फ्याकल्टेवटभ, बीमा पलु लगायत सबैप्रकारका पनुबीमा सम्झौता सम्बन्धी ववषयहरू आन्तररक लेखापरि।क्षण प्रतिवेदन समापवेश गनुपर्ने भएको छ ।