• होमपेज
  • शेयर मार्केट
  • सेयर कारोबारका लागि अब राष्ट्रिय परिचय पत्र अनिवार्य

सेयर कारोबारका लागि अब राष्ट्रिय परिचय पत्र अनिवार्य

  • शुक्रबार, साउन १७, २०८२
सेयर कारोबारका लागि अब राष्ट्रिय परिचय पत्र अनिवार्य

अब सेयर बजारमा कारोबार गर्नका लागि ब्रोकर कम्पनी मार्फत खाता खोल्दा ग्राहकको राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएको छ । नेपाल धितोपत्र बोर्डले ग्राहक पहिचान (केवाईसी) प्रक्रिया सुधार गर्दै यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको हो ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले यस सम्बद्ध निर्देशिका जारी गर्दै सबै कारोबार सदस्यलाई नयाँ खाता खोल्दा ग्राहकको राष्ट्रिय परिचय पत्र वा परिचय पत्र नम्बर लिने व्यवस्था गर्न अनुरोध गरेको छ । यससँगै अब ग्राहकले केवाईसी फारम भर्नका लागि आफ्नो राष्ट्रिय परिचय पत्र नम्बर प्रस्तुत गर्नुपर्नेछ ।

यसअघि, केवाईसी फारम नागरिकता नम्बरको आधारमा भरिँदै आएको थियो । तर, अब नागरिकता प्रणालीको सट्टा राष्ट्रिय परिचय पत्रको प्रयोगले प्रक्रिया अझ सरल र छिटो बनाउने अपेक्षा गरिएको छ ।

यसको प्रभाव नयाँ खाता खोल्नेमा मात्र सीमित नभई, पहिले नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) प्रयोग गरिरहेकालाई पनि अब राष्ट्रिय परिचय पत्र नम्बर उपलब्ध गराउने व्यवस्था गरिएको छ । बैंक र वित्तीय संस्थाहरूले पनि हालैदेखि नयाँ खाता खोल्नेलाई राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरिसकेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार