• होमपेज
  • अर्थ/वाणिज्य
  • ताप्लेजुङको नयाँ बसपार्क सञ्चालनमा

ताप्लेजुङको नयाँ बसपार्क सञ्चालनमा

  • बिहिबार, साउन १६, २०८२
ताप्लेजुङको नयाँ बसपार्क सञ्चालनमा

ताप्लेजुङमा नयाँ बसपार्क सञ्चालनमा आएको छ । जिल्लाको सदरमुकाम फुङ्लिङ नगरपालिका–४ मा करिब रु १० करोडको लागतमा निर्माण गरिएको उक्त बसपार्क बिहीबारदेखि औपचारिक रूपमा सेवा सुरू भएको हो ।

फुङ्लिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले बसपार्क सञ्चालनमा आएको घोषणा गर्नुभयो । त्यस अवसरमा बसपार्कमा प्रवेश गरेका सवारीचालकलाई खाद्य सामग्रीसहित स्वागत गरिएको थियो ।

नगर प्रमुख मादेनका अनुसार बसपार्कमा आवश्यक पर्ने संरचना र पूर्वाधार निर्माणको काम अधिकांश पूरा भइसकेको छ । बसपार्क क्षेत्रमा सुरक्षा चेकपोष्ट स्थापना तथा अन्य व्यवस्थापनका कार्य अघि बढिसकेको नगरप्रमुख मादेनले बताउनुभयो ।

नगरपालिकाले सवारी नियम पालना गर्ने उत्कृष्ट चालकलाई रु १० हजार, दोस्रो स्थान हासिल गर्ने चालकलाई रु सात हजार, तेस्रो हुनेलाई रु पाँच हजार तथा सान्त्वना पुरस्कार स्वरूप रु तीन हजार दिने निर्णय गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार