• होमपेज
  • शेयर मार्केट
  • दरमखोला हाइड्रोपावरको आइपीओ सर्वसाधारणका लागि निष्कासन

दरमखोला हाइड्रोपावरको आइपीओ सर्वसाधारणका लागि निष्कासन

  • बिहिबार, साउन १६, २०८२
दरमखोला हाइड्रोपावरको आइपीओ सर्वसाधारणका लागि निष्कासन

दरमखोला हाइड्रो इनर्जीले आइपीओ खुलाएको छ। कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुलाई सेयर बाँडफाँड गरिसकेपछि बिहीबारदेखि सर्वसाधारणलाई निष्कासन गरेको हो। सर्वसाधारणका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २३ हजार १८५ कित्ता सेयर छुट्याइएको छ। लगानीकर्ताले १० देखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सेयर निष्कासन छिटोमा साउन १९ र ढिलोमा साउन २९ गते बन्द हुने बिक्री प्रबन्धकले जनाएको छ।

कम्पनीले जारी पुँजीको ३८.३३ प्रतिशतले हुन आउने ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीको जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँ छ।

कम्पनीले १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३० हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र २ करोड ९१ लाख ९५ हजार रुपैयाँ बराबरको २ लाख ९१ हजार ९५० कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरुलाई बाँडफाँट गरिसकेको छ।

कम्पनीले आइपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल छ।

Facebook Comments

सम्बन्धित समाचार