• होमपेज
  • अटो
  • लक्जरी ईभी कार आइएम-६ नेपाली बजारमा सार्वजनिक

लक्जरी ईभी कार आइएम-६ नेपाली बजारमा सार्वजनिक

  • बिहिबार, साउन १६, २०८२
लक्जरी ईभी कार आइएम-६ नेपाली बजारमा सार्वजनिक

एमजीकाे नयाँ इलेक्ट्रिक एसयुभी आइएम-६ नेपाली बजारमा सार्वजनिक भएकाे छ । चिनियाँ अटो निर्माता आइएम मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले बिहिबार आइएम-६ नामक नयाँ प्रिमियम कुपे एसयुभी नेपाली बजारमा सार्वजनिक गरेको हाे। आइएम-६ आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा पनि औपचारिक रूपमा प्रदर्शन गरिनेछ।

आइएम सिक्सको डिजाइन, पर्फमेन्स र प्रविधि विशेषता हेर्दा यो गाडी हाल नेपाली बजारमा उपलब्ध दीपाल एस ०७ र बिवाइडी सिलायन ७ सँग सिधा प्रतिस्पर्धा गर्न सक्षम देखिन्छ। कम्पनीका अनुसार यसको कुपे स्टाइल डिजाइन, मस्कुलर प्रोफाइल र अत्याधुनिक फिचरहरू ले यसलाई आफ्नो सेग्मेन्टका अन्य गाडीहरूभन्दा भिन्न र उत्कृष्ट बनाउनेछ।

यो एसयुभी चिनियाँ अटो उद्योगका ठूला समूह एसएआईसी मोटर, अलिबाबा ग्रुप र ह्यान्जिङ हाईटेकको संयुक्त लगानीमा स्थापना भएको आइएम मोटर्स द्वारा निर्माण गरिएको हो।

आइएम सिक्समा २० स्पिकरको सिनेमा-जस्तो सराउन्ड साउन्ड सिस्टम, म्यासेज सिट, र त्रिकोण स्क्रिन सेटअप जस्ता लक्जरी विशेषताहरू रहेका छन्। यसमा २१६ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ, जसले अधिकतम ४५० एनएम टर्क प्रदान गर्छ।

कम्पनीका अनुसार गाडीमा ७५ किलोवाट-आवर क्षमताको ब्याट्री जडान गरिएको छ, जसले ५ सय किलोमिटरसम्मको दायरा एक पटकको चार्जमा पार गर्न सक्छ।

सुरक्षात्मक प्रविधिमा पनि गाडी उच्चस्तरको छ। यसमा एसएआईसीको डिजिटल च्यासिस ‘लिजार्ड प्ल्याटफर्म’ प्रयोग गरिएको छ, जसमा एनभिडिया ड्राइभ ओरिन, क्वालकम स्न्यापड्रागन एसए-८२९५पी, र हाई-प्रिसिजन लिडार समावेश छन्।

साथै, गाडीमा ३ सय वटा पार्किङ सेन्सरसहितको अटो पार्किङ असिस्ट सिस्टम र कम्पनीको दाबी अनुसार मानव चालकभन्दा ६.७ गुणा सुरक्षित’एडी’ स्मार्ट ड्राइभिङ असिस्ट प्रणाली पनि जडान गरिएको छ।

प्यारामाउन्ट मोटर्सले आइएम सिक्सको प्रारम्भिक मूल्य रु ७४ लाख ९९ हजार तोकेको छ। प्रतिस्पर्धात्मक मूल्य र प्रविधीय विशेषताका कारण यसले नेपाली इलेक्ट्रिक एसयुभी बजारमा नयाँ ऊर्जा र चुनौती ल्याउने अपेक्षा गरिएको छ।

 

Facebook Comments

सम्बन्धित समाचार