• होमपेज
  • शेयर मार्केट
  • माछापुच्छ्रे क्यापिटलले ५ प्रतिशत नगद लाभांश दिने

माछापुच्छ्रे क्यापिटलले ५ प्रतिशत नगद लाभांश दिने

  • बिहिबार, साउन १६, २०८२
माछापुच्छ्रे क्यापिटलले ५ प्रतिशत नगद लाभांश दिने

माछापुच्छ्रे क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले रु १ करोड ४३ लाख १६ हजार ९७५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले लाभांश प्रस्ताव पारित गर्नका लागि भदौ ६ गते, काठमाडौंको बालुवाटारमा दिउँसो १२:३० बजे छैठौं वार्षिक साधारणसभा आह्वान गरेको छ। सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, तथा असार मसान्तसम्मको वित्तीय विवरण पारित गरिनेछ।

यस्तै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण, साथै संस्थापक सेयरधनी समूहबाट एक जना सञ्चालकको निर्वाचन समेत एजेन्डामा समावेश गरिएको कम्पनीले जनाएको छ।

 

Facebook Comments

सम्बन्धित समाचार