• होमपेज
  • बीमा
  • आईएमई लाइफ इन्स्योरेन्सको ‘बिजनेस एक्सेलेन्स अवार्ड नाइट २०२५’ सम्पन्न

आईएमई लाइफ इन्स्योरेन्सको ‘बिजनेस एक्सेलेन्स अवार्ड नाइट २०२५’ सम्पन्न

  • बिहिबार, साउन १६, २०८२
आईएमई लाइफ इन्स्योरेन्सको ‘बिजनेस एक्सेलेन्स अवार्ड नाइट २०२५’ सम्पन्न

आईएमई लाइफ इन्स्योरेन्सको ‘बिजनेस एक्सेलेन्स अवार्ड २०२५’ सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने आफ्ना अभिकर्ताहरूलाई सम्मान गर्ने उद्देश्यले ‘बिजनेस एक्सेलेन्स अवार्ड २०२५’ को आयोजना गरिएको हो । उक्त कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरू, चिफ मार्केटिङ अफिसरहरू, प्रदेश प्रमुखहरू तथा अन्य कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कम्पनीले अभिकर्ताहरूको व्यवसायिक उत्कृष्टता, समर्पण र निरन्तरताको कदर गर्दै उनीहरूलाई विशेष सम्मान प्रदान गरेको हो । कार्यक्रममा नेपालमै निर्मित आँखीझ्याल शैलीको विशेष अवार्डमार्फत स्वदेशी उत्पादनको प्रवर्द्धनसमेत गरिएको थियो । समारोहका प्रमुख वक्ता तथा आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले कम्पनीको सफलता अभिकर्ता तथा कर्मचारीहरूको निरन्तर सहकार्यको प्रतिफल भएको उल्लेख गरे ।

उनले आगामी दिनमा कम्पनीलाई अझ प्रविधिमैत्री, बीमितमुखी तथा अभिकर्ताकेन्द्रित सेवा प्रदायक संस्थाको रूपमा अघि बढाइने स्पष्ट पार्दै समारोहको समापन गरे ।

कार्यक्रमले कम्पनी र अभिकर्ता समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाएको बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार