• होमपेज
  • शेयर मार्केट
  • राष्ट्रिय वाणिज्य बैंकको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नेप्सेमा सूचीकृत

राष्ट्रिय वाणिज्य बैंकको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नेप्सेमा सूचीकृत

  • बिहिबार, साउन १६, २०८२
राष्ट्रिय वाणिज्य बैंकको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नेप्सेमा सूचीकृत

राष्ट्रिय वाणिज्य बैंकको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नेप्सेमा सूचीकृत भएको छ ।बुधबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा राष्ट्रिय वाणिज्य बैंकको ७ वर्ष अवधि तथा ७ प्रतिशत व्याजदर भएको अंकित तथा चुक्ता मूल्य १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्र सूचीकरण भएको हो ।

बुधबार नेपाल स्टक एक्सचेञ्ज र राष्ट्रिय वाणिज्य बैंकबीच नेप्सेमा सूचीकृत गर्ने सम्झौता भएको हो । सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल स्टक एक्सचेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले हस्ताक्षर गरे ।

उक्त ऋणपत्र साउन १५ गतेदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

Facebook Comments

सम्बन्धित समाचार