• होमपेज
  • वाणिज्य बैंक
  • एनआईसी एशिया बैंकका ग्राहकलाई लेमोन ट्री प्रिमियरमा २० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई लेमोन ट्री प्रिमियरमा २० प्रतिशतसम्म छुट

  • बुधबार, साउन १५, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई लेमोन ट्री प्रिमियरमा २० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकहरूले अब लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरे छुट प्राप्त गर्न सक्ने भएका छन् । एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकहरूले उक्त होटलमा आवास, भोजन तथा स्पा सेवामा छुट पाउने व्यवस्था गरिएको छ । सम्झौतापछि ग्राहकहरूले होटलको आवास सेवा, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा बैंकको तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर मनोज कुमार थापाले हस्ताक्षर गरेका हुन् । यस सुविधा उपभोग गर्न ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ वा मोबैंक एपमार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ ।

बैंकले उक्त सहकार्यले ग्राहकलाई विशेष सुविधा उपलब्ध गराउनुका साथै डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार