• होमपेज
  • बीमा
  • सानिमा रिलायन्स लाइफको ‘स्टार एजेन्सी मिट २०८२’ भव्य रुपमा सम्पन्न

सानिमा रिलायन्स लाइफको ‘स्टार एजेन्सी मिट २०८२’ भव्य रुपमा सम्पन्न

  • आइतवार, साउन १२, २०८२
सानिमा रिलायन्स लाइफको ‘स्टार एजेन्सी मिट २०८२’ भव्य रुपमा सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्टार एजेन्सी मिट २०८२ सम्पन्न भएको छ । शनीबार काठमाडौंको कोटेश्वरमा रहेको होटल ए वन भेन्यूमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।

काठमाडौं उपत्यकासहित चार रिजनका अभिकर्ताहरुको सहभागितामा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा ४ वटा रिजनका ६ सय जनाबढी अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

कम्पनीले अभिकर्ताहरुलाई प्रोत्साहन गर्न तथा क्षमता अभिबृद्धिको लागि दक्ष क्षमतावान प्रशिक्षकबाट तालिमसमेत प्रदान गरेको छ । कम्पनीले प्रदान गरेको उक्त तालिमले आउँदो दिनमा अझै उत्साहजनक रुपले व्यवसाय गर्न उर्जा मिलेको सहभागी अभिकर्ताहरुले प्रतिक्रिया दिएका छन् ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कडेलले अभिकर्ताहरुलाई हौसला प्रदान गर्नुका साथै आउँदो दिनमा पनि अभिकर्ताहरुको क्षमता अभिबृद्धि तथा विभिन्न तालिम लगायतका विषयलाई निरन्तरता दिदै जाने बताए ।

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कडेल, चिफ बिजनेश अफिसर गुनराज श्रेष्ठ, सूर्य प्रसाद गुप्ता, सन्दिप कसाजु लगायत उत्कृष्ट अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार