• होमपेज
  • बीमा
  • नेपाल इन्स्योरेन्सले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत पायो ‘गोल्ड अवार्ड’

नेपाल इन्स्योरेन्सले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत पायो ‘गोल्ड अवार्ड’

  • शनिबार, साउन ४, २०८२
नेपाल इन्स्योरेन्सले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत पायो ‘गोल्ड अवार्ड’

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरेकोमा ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४’ अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरेको छ । नेपालका निर्जीवन बीमा कम्पनीहरूबीच प्रतिस्पर्धात्मक मूल्याङ्कनका आधारमा प्रदान गरिने यस सम्मानका लागि कम्पनीलाई इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालले पुरस्कृत गरेको हो ।

शुक्रबार राजधानीको होटल र्याडिसनमा आयोजित विशेष समारोहमा महालेखापरीक्षक तोयम रायको प्रमुख आतिथ्यमा नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनलाई सम्मानपत्र प्रदान गरिएको हो ।

कम्पनीले पारदर्शिता, सुशासन, वित्तीय विवरणको स्पष्टता र अन्तर्राष्ट्रिय मान्यताअनुसारको प्रतिवेदन संरचनाका आधारमा यो अवार्ड पाएको हो । नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत महर्जनले यस सम्मानले कम्पनीलाई अझ पारदर्शी, उत्तरदायी र सेवालाई गुणस्तरीय बनाउने प्रेरणा दिएको प्रतिक्रिया दिएका छन् ।

 

Facebook Comments

सम्बन्धित समाचार