• होमपेज
  • समाचार
  • पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

  • आइतवार, जेष्ठ १९, २०८२
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। हवाई इन्धनको मूल्य निगमले घटाएको छ। निगम सञ्चालक समितिको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टितेलमा एक रुपैयाँले मूल्य बढाइएको छ। हवाई इन्धन आन्तरिकतर्फ प्रति किलोलिटर ३ रुपैयाँले घटाइएको छ। अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर २२ ले घटाइएको छ।

समायोजित मूल्य शनिबार रातिदेखि नै लागू हुनेछ।

समायोजित मूल्य अनुसार पेट्रोल अब पहिलो वर्गमा प्रतिलिटर १५६ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ। यस्तै, दोस्रो र तेस्रोमा क्रमशः प्रतिलिटर १५८ र १५९ रुपैयाँमा कारोबार हुनेछ।

यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा १४० रुपैयाँ ५० पैसामा कारोबार हुनेछ। दोस्रो र तेस्रो वर्गमा क्रमशः १४२ र १४३ रुपैयाँमा कारोबार हुनेछ।

Facebook Comments

अघिल्लो समाचार

ग्याम्पा गाउँ
ग्याम्पा गाउँ

सम्बन्धित समाचार