• होमपेज
  • शेयर मार्केट
  • सेयरधनीलाई सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर घोषणा

सेयरधनीलाई सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर घोषणा

  • शुक्रबार, फाल्गुन ९, २०८१
सेयरधनीलाई सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर घोषणा

सिटिजन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई कायम चुक्ता पूँजीको २६.९८ प्रतिशत बोनस सेयर दिने भएको हो । साथै सो बोनस सेयरका लागि कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश पनि प्रदान हुने छ ।

यो लाभांश बीमा प्राधिकरण तथा आगामी साधारणसभाबाट स्वीकृतपश्चात प्रदान हुने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९३ करोड रुपैयाँ छ । बोनस सेयरपश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार