प्राइम कमर्सियल बैंकको बर्दघाट शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम र विपन्न वर्गको परिवारलाई न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सोमबार बर्दघाट नगरपालिका वडा नं ३, कर्मैयास्थित श्री ज्ञानोदय प्राथमिक विद्यालयमा सम्पन्न गरेको हो ।
बैंकको बर्दघाट शाखा टिम र प्रधानाध्यापक तारा बहादुर कुंवर को संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा प्राइम कमर्सियल बैंक, बर्दघाट शाखाका प्रमुख शंकर राज रेग्मी, कर्जा शाखा अधिकृत दीपक थापा र संचालन विभाग प्रमुख रबिन थापा सहभागी थिए ।
कार्यक्रममा वित्तीय साक्षरताको आधारभूत शिक्षा विषयमा जानकारी दिइएको थियो । उक्त विद्यालयका प्रधानाध्यापक ताराबहादुर कुंवर लगायत अन्य शिक्षक तथा अभिभावकको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा सहभागी ५० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको र अभिभावकहरुलाई वित्तीय सुचन र जानकारी दिएको थियो ।
विद्यार्थी र अभिभावकको उपस्थिति उत्साह पुर्ण रहेको जानकारी बैंकका शाखा प्रमुख शंकर राज रेग्मीले दिए । यस वित्तीय साक्षरता कार्यक्रमले लक्षित वर्गको वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्ने तथा आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
यस बैंकले ग्राहकको आवश्यकतालाई मध्यनजर गरी निक्षेपमा उच्चतम ब्याज, कर्जा लगानी सहित एटिएम सेवा, क्रेडिट कार्ड, मोबाइल बैकिङ जस्ता आधुनिक बैकिङ सेवाहरु समेत प्रदान गर्दै आइरहेको छ ।